Kathmandu Press

गठबन्धनलाई तलसम्म एकताबद्ध बनाएर लाने अवस्था छैन : ज्ञवाली

काठमाडौं, वैशाख ३ : एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जतिसुकै गरे पनि सत्ता गठबन्धनलाई तलसम्म एकताबद्ध बनाएर लैजाने अवस्था नरहेको बताएका छन्।एमाले चितवन–काठमाडौं सम्पर्क मञ्चले...
गठबन्धनलाई तलसम्म एकताबद्ध बनाएर लाने अवस्था छैन : ज्ञवाली

काठमाडौं, वैशाख ३ : एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जतिसुकै गरे पनि सत्ता गठबन्धनलाई तलसम्म एकताबद्ध बनाएर लैजाने अवस्था नरहेको बताएका छन्।

एमाले चितवन–काठमाडौं सम्पर्क मञ्चले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु तलसम्मै एकताबद्ध भएर जान सम्भव नरहेको जिकिर गरेका हुन्।

‘उनीहरुले जतिसुकै प्रयास गरे पनि गठबन्धन तलसम्म एकताबद्ध गरेर लैजाने अवस्था छैन। त्यसकारण उनीहरु अत्तालिएका छन्। गठबन्धनमा पहिरो जान सुरु भइसकेको छ,’ उनले भने।

गठबन्धनका लागि नेपालगञ्जमा जसपाले नमानेको, पर्साका कांग्रेसहरु आफैं असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उनले बताए। 

उनले यस्तो अवस्थामा सत्तारुढ दलहरुलाई बलियो शक्ति मान्न नसकिने भएकाले गठबन्धनले हामीलाई अप्ठयारो पार्छ कि भन्ने मनावैज्ञानिक दबाबबाट मुक्त हुन उनले एमाले नेताकार्यकर्तालाई आग्रह गरे।

उनले सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीय रुपमा पनि जित हासिल गर्ने निश्चित भएको दाबी गर्दै सोहीअनुसार तयारीमा जुट्न पार्टी नेताकार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित मिति: १८:२५ बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्