Kathmandu Press

मोटरका सामान बरामद

इलाम, बैशाख ३ : इलामबाट प्रहरीले १४ लाख बराबरको मोटरका सामग्री बरामद गरेको छ।  इलाम रोङ गाउँपालिका–४ किटेनीस्थित मानेबुङ जाने भित्री सडकखण्डबाट रु...
मोटरका सामान बरामद
Hardik ivf

इलाम, बैशाख ३ : इलामबाट प्रहरीले १४ लाख बराबरको मोटरका सामग्री बरामद गरेको छ।  इलाम रोङ गाउँपालिका–४ किटेनीस्थित मानेबुङ जाने भित्री सडकखण्डबाट रु १४ लाख ३७ हजार ३०० बराबरको मोटरका सामग्री बरामद गरेको हो।

प्रहरीले आज उक्त सामान सार्वजनिक गरेको छ। वैशाख १ गते सामान पक्राउ गरिएको थियो। इलामबाट झापातर्फ जाँदै गरेको प्रदेश नं१–०१–००१च ७६९१ नंको पिकअप गाडीबाट सो सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर थापाले जानकारी दिए। उक्त पिकअप गाडी प्रहरी नियन्त्रणमा छ भने चालक फरार रहेको जनाइएको छ। फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

प्रकाशित मिति: १८:१६ बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्