Kathmandu Press

गठबन्धन दलबीच पनि मैत्रीपूर्ण प्रतिस्पर्धा हुन सक्छ : डा. महत  

काठमाडौं, वैशाख ३ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुनै स्थानीय तहमा गठबन्धन दलबीच पनि मैत्रीपूर्ण प्रतिस्पर्धा हुन सक्ने बताएका छन्।पार्टी कार्यालय सानेपामा...
गठबन्धन दलबीच पनि मैत्रीपूर्ण प्रतिस्पर्धा हुन सक्छ : डा. महत  

काठमाडौं, वैशाख ३ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुनै स्थानीय तहमा गठबन्धन दलबीच पनि मैत्रीपूर्ण प्रतिस्पर्धा हुन सक्ने बताएका छन्।

पार्टी कार्यालय सानेपामा आज (शनिबार) पत्रकारहरुसँग कुराकानी गर्दै उनले कुनै स्थानीय तहमा गठबन्धनका एक भन्दा बढी दललाई आफूले जित्छु भन्ने लागेमा मैत्रीपूर्ण प्रतिस्पर्धा पनि हुन सक्ने तर एमालेसँग भने गठबन्धन गर्न नपाउने बताए।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि उनी सानेपा पुगेका थिए।  

'सहमति जुटेन। मेरै शक्ति छ, मेरै जनाधार बढेको छ, विपक्षी दलले जित्दैन भन्ने भयो भने त्यस्तो ठाउँमा मैत्रीपूर्ण प्रतिस्पर्धा हुन सक्छ,’ उनले भने, ‘तर हामी एक अर्कामा मिलेनौं भनेर एमालेसँग गठबन्धन गर्न जाँदैनौं।’

कुनै स्थानीय तहमा गठबन्धनका विषयमा सहमति जुटेन भने समयमै जानकारी गराउन उनले सम्बन्धित समितिलाई निर्देशन दिए।

प्रकाशित मिति: १८:१५ बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्