Kathmandu Press

कांग्रेसबाट विराटनगर मेयरमा ७ र उपमेयरमा १२ जनाको नाम सिफारिस

विराटनगर, वैशाख ३ : विराटनगर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट सातजनाको नाम सिफारिस भएको छ।विराटनगर महानगर समितिको शनिबार बसेको बैठकले मेयरका लागि नागेश...
कांग्रेसबाट विराटनगर मेयरमा ७ र उपमेयरमा १२ जनाको नाम सिफारिस

विराटनगर, वैशाख ३ : विराटनगर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट सातजनाको नाम सिफारिस भएको छ।

विराटनगर महानगर समितिको शनिबार बसेको बैठकले मेयरका लागि नागेश कोइराला, दीपक चापागाईं, इन्दिरा कार्की, डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली र गोपाल रेग्मीको नाम सिफारिस गरेकोहो।

उनका अनुसार उपमेयरका लागि निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, सीता घिमिरे, सूची चौधरी, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस भएको छ।

काङ्ग्रेसले विराटनगरमा गठबन्धन गर्न चाहेको छैन। २०७४ सालको निर्वाचनमा कांग्रेसबाट भीम पराजुली विराटनगरको मेयरमा निर्वाचित भएका थिए। त्यतिबेला अरु दलले तालमेल गरे पनि कांग्रेस एक्लै प्रतिस्पर्धा उत्रिएको थियो।

प्रकाशित मिति: १७:५९ बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्