Kathmandu Press

तनहुँमा किसानलाई अनुदान

तनहुँ, वैशाख ३ : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई नगद अनुदान वितरण गर्न सुरु गरेको छ। साना...
तनहुँमा किसानलाई अनुदान

तनहुँ, वैशाख ३ : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई नगद अनुदान वितरण गर्न सुरु गरेको छ। साना दुग्ध व्यवसायी किसानलाई प्रतिलिटर दुई रुपैयाँ ५० पैसा र ठूलालाई बढीमा एकमुष्ट ८ लाख ७५ रुपैयाका दरले  अनुदान वितरण गर्न सुरु गरेको हो। 

यस वर्ष ११ दुग्ध सहकारी मार्फत पहिलो चौमासिकमा रकम निकासा गरिएको सो कार्यालयले जनाएको छ। गत वर्ष रु. ४५ लाख अनुदान रकम वितरण गरेकोमा यस वर्ष बजेट कटौती भएर आएको कार्यालयका प्रमुख डा।बालकृष्ण श्रेष्ठले जानकारी दिए। 

Hardik ivf

जिल्लाका ११ दुग्ध सहकारी मार्फत अनुदान वितरण कार्य थालेको र असार १५ भित्र निवेदन आएकालाई अनुदान प्रदान गरिने उनले बताए। दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न उत्पादनको आधारमा अनुदान कार्यक्रम ल्याएको कार्यालयका प्रमुख डा. श्रेष्ठले जानकारी दिए। किसानलाई प्रोत्साहन गर्न दुधमा प्रतिलिटर अनुदान कार्यक्रम लागु गरेपछि जिल्ला दुधमा आत्मनिर्भर बनेको उनले बताए। 

जिल्लामा वार्षिक तीन हजार आठ सय मेट्रिक टन दूध उत्पादन हँुदै आएकोले बाह्य जिल्लामा समेत निर्यात हुन थालेको छ। प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दुध आवश्यक पर्ने भएपनि  अहिले प्रतिव्यक्ति ११७ लिटर प्रति व्यक्ति क्षमता पुगेको छ।

त्यसैगरी मासु ४६६ मेट्रिक टन, अण्डा दुई करोड ६० लाख वटा,दूध तीन हजार आठ सय मेट्रिक टन वार्षिक उत्पादन हुँदै आएको उनले बताए। मासुमा जिल्ला आत्मनिर्भर भैसकेको छ भने बाह्य जिल्लामा निर्यातको प्रयास भैरहेको छ। अण्डा पनि बाह्य जिल्लामा निर्यात हुन थालेको कार्यालय प्रमुख डा. श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: १७:५३ बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्