Kathmandu Press

धार्मिक पर्यटनबाट देशको विकास सम्भव छ : मुख्यमन्त्री पाेखरेल

पाेखरा, वैशाख ३ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले धार्मिक पर्यटनबाट नै देश विकास सम्भव रहेको बताउनुभएको छ।शनिबार नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट–९...
धार्मिक पर्यटनबाट देशको विकास सम्भव छ : मुख्यमन्त्री पाेखरेल

पाेखरा, वैशाख ३ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले धार्मिक पर्यटनबाट नै देश विकास सम्भव रहेको बताएका छन्।

शनिबार नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट–९ थुम्सीस्थित हनुमान मन्दिरमा आयोजना गरिएको विराट ज्ञान महायज्ञ समापन कार्यक्रममा उनले धार्मिक पर्यटनका हिसाबले गण्डकी प्रदेश धनी रहेको बताउँदै यहाँका धार्मिकस्थलको विकासका लागि प्रदेश सरकार सदैव अग्रसर रहेको बताए।

उनले पवित्र धार्मिक तथा पर्यटकीयस्थल मुक्तिनाथ, त्रिवेणीधामसमेत गण्डकी प्रदेशमा रहनुले यहाँको आर्थिक विकासमा ठूलो टेवा पुगेको जिकिर गरे।

उनले भारत र चीन जोड्ने धार्मिक भूमि नै नेपाल भएकाले धार्मिक पर्यटनले देश विकासमा टेवा पुग्नेमा समेत जोड दिए। उनले प्रदेशभित्र रहेका धार्मिक क्षेत्र गजेन्द्र मोक्षधाम, मुक्तिनाथ  र देवघाटधामले विषेश महत्व राख्ने हुँदा यी क्षेत्रको विकासमा विशेष प्राथमिकता दिएर अगाडि बढ्ने मुख्यमन्त्री नेपालीले बताए।

हनुमान मन्दिर चक्रघाट समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक टीकाराम सापकोटाले शिखर खजुराव शैलीको नेपालकै पहिलो, भव्य र कलात्मक मन्दिर रहेको दाबी गर्दै पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न गुरुयोजनाअनुसार काम गर्ने बताए।

नेपालको मध्यभागमा रहेको यस मन्दिर पूर्वपश्चिम भएर यात्रा गर्नेहरूका लागि पायक पर्ने स्थानमा समेत रहको हुँदा यस क्षेत्रको  प्रचारप्रसारसँगै मन्दिरले यस क्षेत्रको विकासमा समेत टेवा पुर्‍याउने उनको भनाइ छ।

संकटमोचन हनुमानको दिव्य मूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखर खजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, साना गुम्बज आकारका मार्बल रेलिङ, मार्बलको आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत व्यवस्थापन र रङरोगन यस मन्दिरका दर्शनीय पक्षहरू रहेको उनले बताए।

२०४२ देखि पूजाअर्चना गरिँदै आएकामा हाल ४२ फिट लम्बाइ, ४२ फिट चौडाइ र ६३ फिट उचाइ भएको मन्दिर निर्माण गरिएको जानकारी दिए। चैत २७ गते रामनवमीदेखी सुरु भएको महायज्ञ आज समापन भएको छ।

प्रकाशित मिति: १७:४५ बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्