क्यास्पिएन कपको उपाधी कैलाली विद्या निकेतनलाई
धनगढी, माघ २२ : धनगढीमा जारी छैटौं क्यास्पिएन कप क्रिकेट प्रतियोगिताको उपाधी कैलाली विद्या निकेतनले जितेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा एक....

धनगढी, माघ २२ : धनगढीमा जारी छैटौं क्यास्पिएन कप क्रिकेट प्रतियोगिताको उपाधी कैलाली विद्या निकेतनले जितेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा एक्सिस विद्याश्रलाई २ रनले हराउँदै कैलाली विद्या निकेतनले उपाधी चुमेको हो। टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेको कैलाली विद्या निकेतनले निर्धारित १५ ओभरमा अलआउट हुँदै १०५ रन बनाउन सफल भएको थियो ।
कैलाली विद्या निकेतनका लागि मीन शाह र मुकेश शाहले समान १६/१६ रन र करन ऐरको १४ रनको मद्दतले १०५ रन बनाएका थिए ।

बलिङमा एक्सिस विद्याश्रका मनोज कार्कीले ३ ओभरमा ३१ रन खर्चेर ३ विकेट र बरुण ढाँट र हरिश जोशीले समान २/२ विकेट प्राप्त गरेर १०६ रनको विजजी लक्ष्य सहित मैदानमा उत्रीएको एक्सिस विद्याश्रमले निर्धारित ओभरको अन्तिम बलमा सम्हालिन नसक्दा २ रनको नमिठो हार बेहोर्नु परेको थियो । एक्सिसका लागि अमृत रावतले सर्वाधिक ३६ रन र बरुण ढाँटले ३० रनको व्यक्तिगत योगदान गरेपनि टिमलाई जिताउन भने सकेनन् । कैलाली विद्या निकेतनका लागि कसिलो बलिङ गर्ने क्रममा अशोक बुढाले ३ ओभर बलिङ गर्दै ११ रन खर्चेर ४ विकेट लिएपछि अत्यन्तै रोमान्चकारी खेलमा जित हाँसिल गरेको हो।
उपाधी चुमेको कैलाली विद्या निकेतनले नगद ३१ हजार, ट्रफी र प्रमाणपत्र र उपविजेता टिम एक्सिस विद्याश्रमले नगद १५ हजार ,ट्रफी र प्रमाणपत्र प्राप्त गरेक छन्।
उत्कृष्ट ब्याट्सम्यान एक्सिसका अमृत रावत, उत्कृष्ट बलर एक्सिसकै राकेश बिस्ट, म्यान अफ दी सिरिज एक्सिस कै बरुण ढाँट चुनिए भने राइजिङ खेलाडीको रूपमा क्यास्पिएनका एकेडेमीमा रिकेश लामिछाने चुनिएका छन । धनगढीका २२ ओटा विद्यालयहरुले सहभागिता जनाएको उक्त प्रतियोगिता कैलाली बहुमुखी क्याम्पसको प्राङ्गणको खेलमैदानमा भएको थियो। प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई औपचारिक कार्यक्रमका बिच प्रमुख अतिथि प्याब्सन सुदुरपश्चिमका उपाध्यक्ष तथा विशिष्ट अतिथी प्याब्सन कैलाली धनगढी कमिटीका अध्यक्ष पदम सिंह साउँदले पुरस्कार वितरण गर्नुभएको हो।












