Kathmandu Press

पार्टीलाई खुट्टा टेकाउन एमालेसँग चुनावी तालमेल : कमल थापा

बुटवल, वैशाख ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गरेका...
पार्टीलाई खुट्टा टेकाउन एमालेसँग चुनावी तालमेल : कमल थापा

बुटवल, वैशाख ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गरेका छन्।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले स्थानीय तहको निर्वाचनबाट सम्मान जनक उपस्थिति हुने र पार्टी स्थापित गरेरै छाड्ने बताउदै केहि समयपछि लिङदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गरे।

अध्यक्ष थापाले पार्टी नयाँ भएको र पार्टीलाई खुट्टा टेकाउन स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरिएको बताए।

पूर्वउपप्रधानमन्त्री समेत रहेको थापाले मत बदर हुन सक्ने भएकाले संयुक्त रुपमा सूर्य चिन्नबाटै चुनावमा जाने बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियता प्रतिको अडान, स्थिरता र समृद्धिको पक्षमा रहेकाले एमालेसँग तालमेल गरिएको उनले जानकारी दिए। थापाले प्रतिनिधिसभाको निर्वाचनमा भने पार्टीलाई राष्ट्रिय पार्टीका रूपमा स्थापित गराएरै छाड्ने जिकिर गरे।

थापाले  देशमा अब राजसंस्थाको आवश्यकता नरहेको र राप्रपा नेपालको एजेण्डा गणतन्त्रसहितको हिन्दुराष्ट्र रहेको बताए। उनले  देशमा अब राजसंस्था आउन नसक्ने ठकुवा गर्दै  राजाले भित्री रुपमा गणतन्त्र स्वीकार गरेर व्यवसायमा लागेको आरोप लगाए। 

प्रकाशित मिति: १७:३५ बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्