Kathmandu Press

देशभर थप ९ जनामा कोरोना संक्रमण

देशभर थप ९ जनामा कोरोना संक्रमण

काठमाडाैं, वैशाख ३ : नेपालमा शनिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ९ सय ८६ पिसिआर परिक्षणका क्रममा ६ जना र २ हजार ५९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Hardik ivf

शनिबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप ४४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ३ संक्रमित निको भएका छन्।

हाल नेपालमा ४ सय सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:३० बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्