Kathmandu Press

अपांग आश्रममा सहयोग

बुटवल, वैशाख ३ : यातायात मजदुर तथा व्यवसायी भलाइ कोषले आज अपांग आश्रममा खाद्यान्न वितरण गरेको छ।बुटवल उपमहानगरपालिका-११ प्रगतिनगरस्थित नेपाल अपांग आश्रममा रहेका...
अपांग आश्रममा सहयोग

बुटवल, वैशाख ३ : यातायात मजदुर तथा व्यवसायी भलाइ कोषले आज अपांग आश्रममा खाद्यान्न वितरण गरेको छ।

बुटवल उपमहानगरपालिका-११ प्रगतिनगरस्थित नेपाल अपांग आश्रममा रहेका अपाङ्गता भएका व्यक्तिका लागि कोषले खाद्यान्न सामग्री प्रदान गरेको हो।

Hardik ivf

कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेल र कोषका पूर्वअध्यक्ष, मानार्थ सदस्य एवं सल्लाहकार कुमार थापाले उक्त खाद्यान्न सामग्री आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई प्रदान गरे। 

सो अवसरमा अध्यक्ष फुल्लेलले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत खाद्यान्न वितरण गरेको बताए। आश्रमका अध्यक्ष डोलबहादुर रामदामले अपांगता भएका व्यक्तिलाई सम्झेर आश्रमसम्म आएकामा खुसी व्यक्त गरे।

प्रकाशित मिति: १७:१९ बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्