Kathmandu Press

संस्कृतिविद् सत्यमोहन जोशी आइसियुमा

काठमाडाैं, वैशाख ३ : स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका संस्कृतिविद् सत्यमोहन जोशीलाई आइसियुमा राखिएको छ।बिहीबार दिउँसो ४ बजेतिर उनलाई ललितपुरको ग्वार्कोस्थित किस्ट...
संस्कृतिविद् सत्यमोहन जोशी आइसियुमा

काठमाडाैं, वैशाख ३ : स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका संस्कृतिविद् सत्यमोहन जोशीलाई आइसियुमा राखिएको छ।

बिहीबार दिउँसो ४ बजेतिर उनलाई ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएको थियो। मूत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएपछि उनलाई भर्ना गरिएको थियो।

शुक्रबार राति ११ बजेदेखि मुटुको चालमा बढी नै गडबडी देखिएपछि सूक्ष्म निगरानीका लागि आइसियूमा सारिएको किस्ट अस्पतालले जनाएको छ। 

अस्पतालका अनुसार प्रा.डा. मिलेशजंग सिजापति तथा प्रा.डा. रामभक्त कोजुको संयुक्त नेतृत्वमा चिकित्सकहरू उनको उपचारमा संलग्न छन्।

प्रकाशित मिति: १६:२० बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्