काङ्ग्रेसकाे चियापानमा प्रधानमन्त्रीले भने– लोकतन्त्रमाथिको निष्ठामा कमी हुन दिन्न
काठमाडौं, असोज २६ः प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रप्रतिको मूल्य र मान्यतामा तलमाथि पर्न नदिने बताएका छन् ।
नेपाली काँग्रेसले बडादशैंलगायत विभि....
काठमाडौं, असोज २६ः प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रप्रतिको मूल्य र मान्यतामा तलमाथि पर्न नदिने बताएका छन् ।
नेपाली काँग्रेसले बडादशैंलगायत विभिन्न चाडपर्वको अवसरमा आयोजना गरेको चियापान एवम् शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल ४५ वर्षदेखिका आफ्ना साथी भएको स्मरण गर्दै आफ्नो लोकतन्त्रप्रतिको निष्ठा उहँहरुलाई राम्ररी जानकारी भएको पनि बताए । उनले भने, ‘शेरबहादुर देउवा, रामचन्द्र पौडेल मेरा ४५ वर्षदेखिका साथी हुनुहुन्छ । उहाँहरुलाई लोकतन्त्रप्रतिको मेरो निष्ठा राम्रैसँग थाहा छ । त्यो निष्ठालाई म तलमाथि हुन दिन्न ।”
प्रधानमन्त्री ओलीले दशैं लगायतका चाडवाडले नेपालीको संस्कृतिलाई जीवन्त राख्ने मात्र नभइ आपसी सम्बन्धलाई पनि बलियो बनाउने बताए । ‘यस प्रकारका चाड र शुभकामनाका कार्यक्रमले राजनीतिक दलहरु बीच्को कटुतालाई पनि अन्त्य गर्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘तर अहिले त हामीमा कटुता हैन मित्रता छ । यस कार्यक्रमले हाम्रो मित्रतालाई थप बलियो बनाएको महसुस मैले गरेको छु ।’






