भरतपुरका कांग्रेस कार्यकर्ताले गरे सामूहिक राजीनामा
चितवन, वैशाख ३ : चितवनको भरतपुर महानगरपालिकाका केही कांग्रेस कार्यकर्ताले पार्टी सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्।भरतपुरको मेयर पद कांग्रेसले नै पाउनुपर्ने माग आफूहरूकाे...
चितवन, वैशाख ३ : चितवनको भरतपुर महानगरपालिकाका केही कांग्रेस कार्यकर्ताले पार्टी सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्।
भरतपुरको मेयर पद कांग्रेसले नै पाउनुपर्ने माग आफूहरूकाे रहे पनि अन्य पार्टीलाई दिन लागिएको भन्दै आज (शनिबार) उनीहरूले राजीनामाको घोषणा गरेका हुन्।
भरतपुर-१७ बेलुवामा स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा आयाेजित भेलामा ५० जनाले सामूहिक राजीनामाको घोषणा गरेका हुन्।
गत बुधबार मात्रै महानगरका वडा सभापतिहरुले भरतपुर महानगरको मेयर कांग्रेसले नपाए सबै वडामा वडाध्यक्ष र सदस्यका स्वतन्त्र उम्मेदवार खडा गर्ने निर्णय गरेका थिए।
सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिने तयारी थालेसँगै चितवनका कांग्रेस कार्यकर्ता विराेधमा उत्रिएका हुन्।
जिल्ला नेताहरूले शीर्ष नेतालाई भरतपुरको मेयर पद नछाड्न दबाब दिँदै आएका छन्। तर











