Kathmandu Press

स्वादका पारखीको केन्द्र बन्दै नगरकोट

काठमाडौं, वैशाख ३ : यतिखेर भक्तपुरको नगरकोट स्वादका पारखीको केन्द्रबिन्दु बन्दै गएको छ । नयाँ वर्ष सुरु भएसँगै वनभोज (पिकनिक) जाने क्रम बढेको छ।...
स्वादका पारखीको केन्द्र बन्दै नगरकोट

काठमाडौं, वैशाख ३ : यतिखेर भक्तपुरको नगरकोट स्वादका पारखीको केन्द्रबिन्दु बन्दै गएको छ। नयाँ वर्ष सुरु भएसँगै वनभोज (पिकनिक) जाने क्रम बढेको छ। बाह्य पर्यटक, सहकारी, सरकारी, निजी सङ्घसंस्था, विद्यालय, कलेज, विभिन्न समूहका सदस्यको नगरकोट आकर्षक थलो बन्न थालेको छ।

कोराना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण सुस्ताएको पर्यटन व्यवसाय क्रमशः तङ्रिन थालेसँगै यहाँका पर्यटन व्यवसायी, स्थानीय किसान, व्यापारी तथा सर्वसाधारण खुसी हुन थालेका छन्। नगरकोट आफैँमा आकर्षक पर्यटकस्थल पनि हो। उपत्यकामा गर्मी बढेसँगै पर्यटक नगरकोट आउने गर्छन्। एकरात नगरकोटमा बिताउने राजधानीवासीको पुरानै बानी रहेको पार्कसाइट प्रालिका सञ्चालक अध्यक्ष सुनिल ठकुरीले बताए।

त्यसो त यहाँ सङ्घीय राजधानीबाट मात्र होइन, काठमाडौं उपत्यका बाहिरका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखाबाट समेत आन्तरिक पर्यटक वनभोजका लागि यहाँ आउने गर्छन्। रात बिताउन चाहनेहरु होटल तथा रेष्टुराँमा बस्छन् भने रात बिताउन नचहानेहरु वनभोज गरेर रमाउने गर्छन्। झन्डै दुई वर्षसम्म सङ्कटमा परेको पर्यटन व्यवसायमा ऊर्जा थपिएसँग आर्थिक गतिविधि क्रमशः चलायमान बन्न थालेको छ।

Hardik ivf

चाँगुनारायण (नगरकोट) की कृषक रामप्यारी तामाङ पनि खुसी छिन् । कोरोना भाइरस सङ्क्रमणका कारण थलापरेको उनीको प्रांगारिक खेतीले गति लिन थालेको छ। नगरकोट आसपासका होटल र वनभोजस्थलमा समयानुसारका कृषि उत्पादन बिक्री गरेर जीविकोपार्जन गर्ने ग्रामीण महिला हुन्, तामाङ।

नगरकोटमा पर्यटकको चहलपहल बढ्न थालेपछि रामप्यारी मात्र होइन, अण्डा, कुखुरा, माछा तथा दुग्ध व्यवसायी पनि खुसी भएका छन्। पार्कसाइटले भने गाउँघरमा उत्पादन भएका स्वस्थकर खाद्यवस्तुबाट पर्यटकको चाहना मेटाउन लागि परेको छ। उक्त पार्कसाइटले पर्यटकको इच्छाअनुसार आफैँ भोज तयार पारेर उपलब्ध गरउने सम्भवतः निजीस्तरबाट सञ्चालित नेपालकै पहिलो वनभोजस्थल हो, पार्कसाइट। 

'आजकल प्रायः मानिस आ–आफ्नो काममा व्यस्थ छन्। व्यस्तताको सहजीकरणको लागि पार्कसाइटले पिकनिक तथा समूहगत कार्यक्रमलाई व्यवस्थित गर्ने जमर्को गरेको छ,' अध्यक्ष ठकुरीले भने, 'यहाँका खानाका सौखिन ग्राहकले माग गर्न सक्ने सबैखाले खानेकुरा अब पार्कसाइटमा उपलब्ध हुन्छ।'

विशेषतः निम्न तथा मध्यम वर्गीय जनतालाई लक्षित गरी न्यून मूल्यमा भिन्न भिन्न समूह गरी एकै पटकमा करिब एक हजार ५०० सम्मलाई स्वादिष्ट स्थानीय परिकार खुवाउने लक्ष्य पार्कसाइटको रहेको उgको भनाइ छ। 

उपत्यकाभित्र भक्तपुरको कमलविनायक र बाहिर बनेपा सहरदेखि सजिलै सात–आठ किमीको दूरीमा नगरकोट पुग्न सकिन्छ। बनेपा नगरपालिकाको वडा नं १ मा रहेको उक्त वनभोजस्थल ४० रोपनी क्षेत्रफलमा फैलिएको छ। पार्क आर्कषक र मनमोहक देखिन्छ। वनभोजस्थलमा पानी, बत्ती, शौचालय, खेल मैदानको सुविधा छ। 

पार्क जङ्गलले घेरिएको एकान्त स्थानमा छ। सहरी भीडभाड र कोलाहालबाट टाढा, रमणीय मनोरम दृश्यावलोकन गर्दै आनन्ददायक वनभोज खान सकिने पार्कसाइटले चिया बगान, कृतिम झरनाको रमणीय दृश्य र बालबालिकालाई मनोरञ्जन दिने बालउद्यानको समेत व्यवस्था गरेको छ।  

विदेश नगई नेपालमै उदाहरणीय काम गर्ने सोचमा ठकुरीले पार्कसाइट वनभोजस्थल व्यवसाय सुरु गरेको छ। 'स्वादिष्ट स्थानीय परिकारको टेस्ट बुझेकालाई त्यो नभई हुन्न,' उनले भने, 'स्थानीय परिकारको स्वाद बुझेकाहरू यसको स्वादमा रमाउँछन्।' स्वादिष्ट स्थानीय परिकारको स्वाद लिने पारखी यहाँ आउन थालेपछि अध्यक्ष ठकुरी उत्साहित भएका छन्। 

प्रकाशित मिति: १४:४४ बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्