ललितपुरको प्युटार जंगलमा भीषण आगलागी
ललितपुर, वैशाख ३ : दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ।आश्राङ प्रहरी चौकीका अनुसार बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै आइरहेको छ।स्थानीय,...
ललितपुर, वैशाख ३ : दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ।
आश्राङ प्रहरी चौकीका अनुसार बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै आइरहेको छ।
स्थानीय, प्रहरी र वनका कर्मचारीले शुक्रबारदेखि आगो नियन्त्रण लिने प्रयास गरे पनि सफल हुन नसक्दा प्युटार, लुकुनी र आश्राङका दर्जनौँ घर जोखिममा परेका छन्।
निरन्तर ढुंगा झरिरहेकाले र हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या भइरहेको बताइएको छ।
आगोले खैरेनी, प्युटार, धनडाँडा र फुर्केडाँडा गाउँका २ सय ५० घरमा वितरण गरिएको खानेपानीको पाइप जलेर नष्ट भएको बताइएको छ।
प्रकाशित मिति: १२:४८ बजे, शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











