Kathmandu Press

चीनियाँ राष्ट्रपति स्वदेश फर्किएसँगै राजधानीको सवारी सुचारू 

काठमाडौं असोज २६ः  चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने भ्रमणका  सकिए सँगै उपत्यका भित्र सवारी आगमन पूर्ण रुपमा सञ्चालनमा आएको छ । राष्ट्रपति सी भ्रमण सके....

चीनियाँ राष्ट्रपति स्वदेश फर्किएसँगै राजधानीको सवारी सुचारू 
फाइल फोटो

काठमाडौं असोज २६ः  चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने भ्रमणका  सकिए सँगै उपत्यका भित्र सवारी आगमन पूर्ण रुपमा सञ्चालनमा आएको छ । राष्ट्रपति सी भ्रमण सकेर आज स्वदेश फिर्ता भएसँगै  सडक पूर्णरुपमा सञ्चालनमा आएको हो ।

राष्ट्रपति सी शनिबार नेपाल भ्रमणमा आएसंगै काठमाडौं उपत्यका भित्रका  ट्राफिक व्यवस्थापन कडा पारिएको थियो । सडकमा सवारी सञ्चालनमा रोक लगाइएको थियो । राष्ट्रपति फिर्ता भएसंगै सडकमा ठुला, मालवहाक सवारी साधन सञ्चालनमा समेत खुल्ला गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका  प्रवक्ता रविकुमार पौडेलले जानकारी दिए ।

‘सी स्वदेश फिर्ता भएसँगै सवारी  खुल्ला गरिएको  छ, अहिले बाटो सहज भैसक्यो’ पौडेलले काठमाडौं प्रेस सँग भने । सि भ्रमणको समयमा  सवारी नचल्दा  यात्रुहरु हिँडेर यात्रा गर्न बाध्य भएका थिए । 
 

प्रकाशित मिति: १६:३४ बजे, आइतबार, असोज २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्