Kathmandu Press

पूर्वसहकर्मीप्रति कटाक्ष गर्दै कमल थापाले भने- धैर्यता रहुञ्जेल राजा बोक्नोस्, शुभकामना छ

पार्टीहरु असफल भएर राजा आउने होइन। एउटा पार्टी असफल भए अर्को आउँछ । राजा फर्कने अरु नै कारण थिए।राजाले नै त्यो बाटो बन्द गरिदिए।
पूर्वसहकर्मीप्रति कटाक्ष गर्दै कमल थापाले भने- धैर्यता रहुञ्जेल राजा बोक्नोस्, शुभकामना छ

काठमाडाैं, वैशाख ३ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति असन्तुष्टी जनाएका छन्। शनिबार बिहान ट्विट गर्दै गर्दै अध्यक्ष थापाले आफ्ना पूर्वसहकर्मीहरु प्रति कटाक्ष गर्दै धैर्यता रहुञ्जेल राजा बोक्न शुभकामना दिएका छन्।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरुसँग मेरो गुनासो,वैमनस्यता छैन,’ थापाले ट्विट गरेका छन्, ुतपाईंहरुको धैर्यता रहुञ्जेल राजा बोक्नोस्,मेरो शुभकामना छ।’  

अध्यक्ष थापाले विभिन्न कारणवश आफूले राजाको एजेण्डा छाडेको बताउँदै तितो लाग्ला, तर, अब राजा फर्कने सम्भावना सकिएको बताए।

उनले राजा आउन पार्टीहरु असफल हुने नभइ अरु नै कारण भएको तर त्यो बाटो पूर्वराजाले नै बन्द गरिदिएको दाबी गरे। उलने राप्रपा आफ्नो बाटोमा आउनको विकल्प नभएको पनि बताएका छन्। उनले राप्रपामा रहँदाका पूर्वसहकर्मी नेताहरुमा वैमनस्यता र गुनासो नरहेको पनि बताएका छन्।

अध्यक्ष थापाले अहिले गाली गरेपनि विभिन्न आरोपहरु लगाए पनि पछिका लगि राप्रपाको लागि राम्रो र बलियो घर बनाइदिने उनको भनाइ थियो।

 ‘मलाई थाहा छ, अन्ततः तपाईंहरु मेरै बाटोमा आउनुपर्छ।अहिले गालि गलौजरआरोपहरु खेपेर भएपनि तपाईंहरुको लागि म बलियो घर बनाएर राखि दिनेछु,’ थापाले लेखेका छन्, ‘पहिले पनि मैले बनाएकै घरमा तपाईंहरु आएको हो।त्यहाँ अझै केही समय रमाई राख्नोस्। राजाको माया त लाग्छ । त्यसैले राजसंस्था प्रति मेरो सम्मान सदैव रहिरहने छ ।’

अध्यक्ष थापाले सम्भव एजेन्डा बोकेर नयाँ पिढीलाई भ्रममा राख्न नहुने पनि उल्लेख गरेका छन् । उनले २्३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो नहुने जिकिरसमेत गरेका छन् ।

उनले पार्टीहरु असफल भएर राजा आउन नसक्ने उल्लेख गरेका छन्। उनले भनेका छन्,  ‘पार्टीहरु असफल भएर राजा आउने होइन। एउटा पार्टी असफल भए अर्को आउँछ । राजा फर्कने अरु नै कारण थिए।राजाले नै त्यो बाटो बन्द गरिदिए। असंभव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई वन्धक बनाउन हुँदैन।२्३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन।’

प्रकाशित मिति: ११:१६ बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्