भरतपुर पुगेर प्रचण्डले भने- गठबन्धनका विषयमा भोलिसम्म टुंगो लाग्छ
निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै प्रचण्डले दलहरुबीच सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए।
चितवन, वैशाख ३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता साझेदार दलका बीचमा स्थानीय निर्वाचनमा गठबन्धनको टुंगो भोलि (आइतबार)सम्म लागि सक्ने बताएका छन्।
शनिबार बिहान भरतपुर विमानस्थलमा उनले आजै साँझसम्ममा गठबन्धनको खाका तयार हुने बताए। उनले भने- 'आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।'
निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै प्रचण्डले दलहरुबीच सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए। उनले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जनाए।
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो ।
प्रकाशित मिति: ०९:५८ बजे, शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











