पाल्पामा बस दुर्घटना, दुई जनाको मृत्यु
पाल्पा, वैशाख ३: पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६, जुठापौवामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।जुठापौवाको पानीडाँडाबाट जुठातिर आउँदैगरेको लु १ ज ४९०२...
पाल्पा, वैशाख ३: पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६, जुठापौवामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जुठापौवाको पानीडाँडाबाट जुठातिर आउँदैगरेको लु १ ज ४९०२ नम्बरको बस दुर्घटना भएको हो। बस सडकबाट तल भीरमा खसेर दुर्घटना भएको जुठापौवा प्रहरी चौकीले जनाएको छ।
प्रहरीका अनुसार बसमा सवारमध्ये दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्।
घाइतेहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।
प्रकाशित मिति: ०७:५६ बजे, शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











