Kathmandu Press

सनराइजर्स हैदराबादको तेस्रो जित

काठमाडौं, वैशाख ३ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा सनराइजर्स हैदराबादले सहज जित हासिल गरेको छ।हैदराबादले कोलकाता नाइट राइडर्सलाई सात...
सनराइजर्स हैदराबादको तेस्रो जित

काठमाडौं, वैशाख ३ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा सनराइजर्स हैदराबादले सहज जित हासिल गरेको छ।

हैदराबादले कोलकाता नाइट राइडर्सलाई सात विकेटले पराजित गरेको हो। कोलकाताले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले १७.५ ओभरमा तीन विकेटको क्षतिमा जित हासिल गरेको हो।

Hardik ivf

हैदराबादका लागि राहुल त्रिपाठीले ३७ बलमा ७१ रन बनाए। त्यस्तै, एडेन माक्ररम ३६ बलमा ६८ रनको योगदान दिए।
कोलकाताका लागि आन्द्रे रसेलले दुई र प्याट कमिन्सले एक विकेट लिए।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित आठ विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो। कोलकाताका नितिश रानाले ३६ बलमा ५४ रन बनाए। त्यस्तै, आन्द्रे रसेलले २५ बलमा ४९ रनको योगदान दिए।

आज पहिलो खेलमा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स तथा दोस्रो खेलमा दिल्ली र बैंग्लोरबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: ०६:५७ बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्