चीनियाँ राष्ट्रपतिसँग मधेश केन्द्रित दलका नेतालाई पनि भेट गराउनुपर्थ्याे : डा भट्टराई
काठमाडौं, असोज २६ः पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमणमा उनीसँग मधेश ....
काठमाडौं, असोज २६ः पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमणमा उनीसँग मधेश केन्द्रित दलका नेताहरूलाई भेटवार्ता गर्ने व्यवस्था नमिलाएकोमा सरकारको आलोचना गरेका छन् ।
राष्ट्रपति सी फर्किएलगत्तै दुईबुँदे ट्वीट गरेका डा. भट्टराईले चीनका राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणका लागि नेपाल र चीनको सरकारलाई हार्दिक बधाई दिँदै नेपाल सरकारले केही कुरामा ध्यान नपु¥याएकोमा टिप्पणी गरे । डा. भट्टराईले लेखेका छन्, ‘उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेस केन्द्रित वा आधार भएका दलका नेताहरूसँग पनि भेटाउनुपर्थ्याे।’
मधेश केन्द्रित दलका नेताहरूलाई नभेटाउँदाको नकारात्मक प्रभावबारे उनले लेखेका छन्, ‘अन्यथा उत्तरी छिमेकीले हिमाल र पहाड ÷ दक्षिण छिमेकीले मधेस र तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ ! भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस् !’
चीनका महामहिम राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणकालागि नेपाल र चीनको सरकारलाई हार्दिक वधाइ!तर भ्रमणको क्रममा नेपाल सरकारले केही कुरामा ध्यान पुर्याएन कि?१.नेपालका संवैधानिक राष्ट्रपतिसंग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति/समझदारी कार्यकारी प्रमसंग हुनुपर्ने थियो.. pic.twitter.com/QZGpUhmSu0
— Baburam Bhattarai (@brb1954) October 13, 2019
२. उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेसकेन्द्रित वा आधार भएका दलका नेताहरूसंग पनि भेटाउनुपर्थ्यो;अन्यथा उत्तरी छिमेकीले हिमाल/पहाड र दक्षिण छिमेकीले मधेस/तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ! भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस्! तैपनि सबैको जय होस्! pic.twitter.com/V7m9D6VioY
— Baburam Bhattarai (@brb1954) October 13, 2019
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले नेपालका संवैधानिक राष्ट्रपतिलाई सरकारले कार्यकारी राष्ट्रपतिको भूमिका दिएको पनि उल्लेख गरेका छन् । उनले ललेखेका छन्, ‘राष्ट्रपतिसँग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति र समझदारी कार्यकारी प्रमसँग हुनुपर्ने थियो ।’






