Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, वैशाख ३ : स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।आज दिउसो २ बजे कांग्रेस केन्द्रीय...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, वैशाख ३ : स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।

आज दिउसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा कार्यसम्पादन समितिको बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। आजको बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको पौडेलले बताए।

स्थानीय चुनावमा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको टुंगो केन्द्रबाट लगाइनेछ। आजको बैठकको अजेन्डामा महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार छनोटको विषय पनि रहेको उनले बताए।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। त्यसका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ।

आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय दिएको छ। त्यसअघि नै राजनीतिक दलहरुले उम्मेदवार छनोट गरिसक्नुपर्छ।

प्रकाशित मिति: ०६:४२ बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्