Kathmandu Press

काठमाडौं उपत्यकाको सडकबाट ५५ बालबालिकाको उद्धार

काठमाडौं, वैशाख ३ : प्रहरीले विभिन्न निकायसँगको समन्वयमा काठमाडौंको सडकपेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार...
काठमाडौं उपत्यकाको सडकबाट ५५ बालबालिकाको उद्धार

काठमाडौं, वैशाख ३ : प्रहरीले विभिन्न निकायसँगको समन्वयमा काठमाडौंको सडकपेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौं र प्रहरी वृत्तबाट खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो।  

Hardik ivf

उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई सहयोग माग्दै हिड्ने ३३ बालक र २२ बालिका रहेका छन्।

उनीहरुलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

प्रकाशित मिति: ०६:२७ बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्