उपत्यकाको फोहोर व्यवस्थापनको लागि दैनिक ८ घण्टा बाटो खुल्ला
काठमाडौं, बैशाख २ : काठमाडौंको फोहोर व्यवस्थापनको लागि बाटो खुलेको छ। पासाङ् ल्हामु राजमार्गअन्तर्गत मुड्खु तीनपिप्ले सडक खण्ड कालोपत्रे हुनुपर्ने माग राख्दै स्थानीयले...
काठमाडौं, बैशाख २ : काठमाडौंको फोहोर व्यवस्थापनको लागि बाटो खुलेको छ। पासाङ् ल्हामु राजमार्गअन्तर्गत मुड्खु तीनपिप्ले सडक खण्ड कालोपत्रे हुनुपर्ने माग राख्दै स्थानीयले फोहोर व्यवस्थापन गर्न नदिएपछि केही समय काठमाडौंको फोहोर उठ्न सकेको थिएन।
स्थानीय र सडक निमार्ण कम्पनीबीच सडक कालोपत्रे गर्ने सहमती भएपछि विहान २ बजेदेखि ८ बजेसम्म फोहोर व्यवस्थापनका लागि गाडी चल्न थालेको हो।
चैत १८ गतेदेखि स्थानीयले गरेको अवरोधको कारण उठ्न नसकेको फोहासडक कालो पत्रे गर्ने प्रतिवद्धता जनाएपछि चैत २७ गतेबाट विहानको समयमा ढुवानी गर्न थालिएको हो।
यसरी फोहोरको आंशिक व्यवस्थापन गर्न थालिएको ३ दिनमा ३ सय ४० ट्रक फोहोर ल्याण्डफिल साइटमा लगिएको वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईले जानकारी दिइन्। उनकाअनुसार आज विहान ८ बजेसम्ममा १ सय ७२ वटा ट्रक फोहोर बोकेर साइटमा पुगेका थिए।
महानगरको वातावरण व्यवस्थापन विभागकाअनुसार सडक निर्माणका लागि माग गर्दै स्थानीयबासीले फागुन र चैत महिनामा ३ पटक फोहोर लैजान अवरोध गरे। यसअवधिमा ३३ दिन काठमाडौंको फोहोर संकलन हुन सकेन।
यसैबीच फागुन २६ गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सहरी विकास मन्त्रीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गर्यो। ल्याण्डफिल साइटमा देखिएका समस्या समाधानका लागि यस अघि गरिएका प्रतिवद्धताको कार्यान्वयन, साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न समिति गठन गरिएको हो। यही दिन काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा र्यापिड एक्सन टाक्सफोर्स गठन भयो। फोहोर व्यवस्थापनका लागि स्थलगत अवस्था मिलाउन तथा फोहोर व्यवस्थापन सम्बन्धी कानुनी र व्यवहारिक समस्यामा समाधानमा सहजीकरण गर्न यो फोर्स बनाइएको हो।
उपत्यकाका सबै नगरबाट दैनिक उत्पादन हुने करिब १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन हुने गरेको छ। जसमध्ये करिव ५ सय ४५ मेट्रिक टन फोहोर काठमाडौँ महानगरको हो।












