Kathmandu Press

उच्च आर्थिक वृद्धि गर्ने दक्षिण एसियाली मुलुकमा नेपाल दोस्रो हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, असोज २६ : विश्व बैंकले उच्च आर्थिक वृद्धि हासिल गर्ने दक्षिण एसियाली देशमा नेपाल दोस्रो रहने प्रक्षेपण गरेको छ।

विश्व बैंकले दक्षि....

उच्च आर्थिक वृद्धि गर्ने दक्षिण एसियाली मुलुकमा नेपाल दोस्रो हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, असोज २६ : विश्व बैंकले उच्च आर्थिक वृद्धि हासिल गर्ने दक्षिण एसियाली देशमा नेपाल दोस्रो रहने प्रक्षेपण गरेको छ।

विश्व बैंकले दक्षिण एसियामा बंगलादेशपछि सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्ने नेपाल रहने प्रक्षेपण गरेको हो। सन् २०१९ मा दक्षिण एसियाको आर्थिक बृद्धिदर खुम्चिएर ५.९ प्रतिशत सिमित हुने प्रक्षेपण गरेको छ। तर नेपालको भने सन् २०१९ मा ७.१ प्रतिशत आर्थिक वृद्धिदर रहने प्रक्षेपण गरेको हो।

विश्व बैंकले यसअघि अप्रिलमा गरिएको अनुमानभन्दा दक्षिण एसियामा आर्थिक वृद्धिदर १.१ प्रतिशत कम हुने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ। दक्षिण एसियामा आयातमा गिरावट देखिएको समेत बैंकले जनाएको छ।

यो वर्ष बंगलादेशको सबैभन्दा धेरै ८.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने विश्व बैंकको प्रक्षेपण छ। भारतले ६ प्रतिशतको वृद्धिदर हासिल गर्ने जनाइएको छ।

विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने अनुमान यसैसाथ सार्वजनिक गरेको छ। नेपालको पर्यटन आवगमन र सार्वजनिक खर्चले सेवा र निर्माण क्षेत्रलाई बलियो बनाएकाले उपलब्धि हासिल हुने पनि जनाएको छ।

नेपालले २०१९ मा ७.१ प्रतिशत, २०२० मा ६.४ प्रतिशत र २०२१ मा ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकले उल्लेख गरेको छ।

प्रकाशित मिति: १५:२७ बजे, आइतबार, असोज २६, २०७६