Kathmandu Press

स्थानीय निर्वाचनको तयारी गर्न कांग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने

काठमाडाैं, वैशाख २ : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारीका लागि सबै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।पार्टी कार्यालय सानेपामा शुक्रबार...
स्थानीय निर्वाचनको तयारी गर्न कांग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने

काठमाडाैं, वैशाख २ : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारीका लागि सबै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समितिको बैठकले गठबन्धनलाई बलियो बनाउँदै सम्पूर्ण भातृसंगठन, शुभेच्छुक संस्था परिचालन गर्न ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो।

वैशाख ३ देखि ५ गतेभित्र प्रदेशबाट सबै नाम सिफारिस गराउने र गठबन्धनमा समस्या देखिएका नाममा पछि छलफल गर्ने समितिले निर्णय गरेको छ। त्यस्तै बैठकले चुनावी सभालाई व्यवस्थित गर्न र आचारसंहितालाई पालना गराउने विषय पनि मापदण्ड तय गरेको कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए।

बैठकले भ्रातृ संघ समन्वय एवं परिचालन, शुभेच्छुक संस्था समन्वय एवं परिचालन, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन लगायतका उपसमितिहरु गठन गर्ने निर्णय गरेको उनले बताए।

बैठकमा समिति संयोजक पूर्णबहादुर खड्काले गठबन्धनले सवैको अस्तित्व जोगाउने भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका थिए।

प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, वैशाख २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्