Kathmandu Press

नेपाल-भारतबीच वैदिक कालदेखिको सांस्कृतिक सम्बन्ध प्रवर्धन गरिनुपर्ने

काठमाडौं, वैशाख २ : नेपाल-भारतबीच वैदिक कालदेखि सांस्कृतिक, धार्मिक एवं सामाजिक सम्बन्ध रहेकाले आधुनिक कालमा त्यसको प्रवर्धन गरिनुपर्नेमा जोड दिइएको छ।लघुकथा समाज काठमाडौँ, रुसी...
नेपाल-भारतबीच वैदिक कालदेखिको सांस्कृतिक सम्बन्ध प्रवर्धन गरिनुपर्ने

काठमाडौं, वैशाख २ : नेपाल-भारतबीच वैदिक कालदेखि सांस्कृतिक, धार्मिक एवं सामाजिक सम्बन्ध रहेकाले आधुनिक कालमा त्यसको प्रवर्धन गरिनुपर्नेमा जोड दिइएको छ।

लघुकथा समाज काठमाडौँ, रुसी भारतीय मैत्री सङ्घ मस्को, कला एवं वाणिज्य महाविद्यालय अक्कलकुवा, महाराष्ट्र, भारतको संयुक्त आयोजनामा नेपाल–भारत सांस्कृतिक सङ्घ गोष्ठी विषयक कार्यक्रमका वक्ताले सदियौँदेखि रहँदै आएको सम्बन्धलाई विकास एवं विस्तार गर्नुपर्नेमा जोड दिएका हुन्। 

Hardik ivf

कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दुई देशबीचको सम्बन्ध बिस्तार गर्न साहित्य र संस्कृतिको भूमिका महत्वपूर्ण रहेको बताए। 

कार्यक्रममा योगेन्द्र तिमल्सिनाले ‘नेपालको साहित्य संस्कृतिको अन्तरसम्बन्ध’, भारतीय सैनिक विद्यालयका शोध छात्र दिनानाथ मुरलीधरले ‘भारतीय संस्कृति र ज्ञान परम्परा’, र यशवन्त महाविद्यालयका डा सञ्जय धोटेले ‘हिन्दी साहित्यमा भारतीय संस्कृतिको योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। 

कार्यपत्रमाथि भुवन शिवाकोटी, डा मोनिका शर्मा, प्रा.डा. सञ्जय शर्मा, अनिलकुमार भट्टहरि, डा विदुषी आमेरा, डा कल्पना मौर्य, डा सविता तायडे, डा शैलेन्दुप्रकाश नेपाल, अरुणाञ्चल प्रदेशबाट आएकी प्राध्यापक ङाने कायीलगायतले टिप्पणी गर्नुहुँदै भारतको प्रसिद्ध तीर्थस्थल केदारनाथको शिर नेपालको भक्तपुरस्थित डोलेश्वर, राम र सीताबीचको पौराणिक कथनका आधारमा अहिले पनि चलिरहेको संस्कृति, बुद्ध नेपालमा जन्मिएर भारतको बोधगयाबाट ज्ञान प्राप्त गरेका घटनाले दुई देशबीचको सम्बन्ध अन्योन्याश्रित रहेको पुष्टि हुने बताएका थिए। 

भारतका धेरै तीर्थ यात्री प्रत्येक वर्ष नेपालको पशुपतिनाथ, मुक्तिनाथलगायत तीर्थस्थलमा दर्शन गर्न आउने र नेपालका तीर्थयात्री पनि भारतको केदारनाथ, विश्वनाथलगायत तीर्थस्थलमा दर्शन गर्न जाने भएकाले पनि दुवैदेशबीचको सम्बन्ध प्राचीनकालदेखि नै सुमधुर रहँदै आएको भनाइ उहाँहरूले राख्नुभएको थियो।

कार्यक्रममा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, उपाध्यक्ष गोपाल अश्कलगायतले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे। दुवै देशको साहित्य, भाषा, धर्म, संस्कृतिलगायत क्षेत्रमा योगदान दिने दर्जनौँ विद्वान्लाई सम्मानसमेत गरिएको थियो। यस्ता कार्यक्रमले दुई देशबीचको सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुने जनाइएको छ।

प्रकाशित मिति: १७:४२ बजे, शुक्रबार, वैशाख २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्