Kathmandu Press

देशभर थप १४ जनामा कोरोना संक्रमण

काठमाडाैं, वैशाख २ : नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ३ हजार ३० पिसिआर परिक्षणका क्रममा १४ जनामा...
देशभर थप १४ जनामा कोरोना संक्रमण

काठमाडाैं, वैशाख २ : नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ३ हजार ३० पिसिआर परिक्षणका क्रममा १४ जनामा कोरोना पुष्टि भएको हो। ८ सय ७३ एन्टीजेन परिक्षणमा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Hardik ivf

शुक्रबार पनि कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन। त्यस्तै थप ५५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २ सय ५९ निको भएका छन्।

हाल नेपालमा ४ सय ३८ सक्रिय संक्रमित आइशालेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, वैशाख २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्