संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुनुपर्छ : प्रचण्ड
काठमाडाैं, वैशाख २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुनुपर्ने बताएका छन्।शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा...
काठमाडाैं, वैशाख २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुनुपर्ने बताएका छन्।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा एमाले नुवाकोटका नेता माधव पाण्डेलगायतलाई माओवादी प्रवेश गराउँदै प्रचण्डले यसअघि पनि संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुनुपर्ने बताएका हुन्।
उनले देश र विकासको नेतृत्व गर्ने माओवादी नै भएको दाबी गरे। देशका मधेशी, थारु, आदिवासी लगाएत सवै समूदायको पहिचान र अधिकार माओवादी कै कारण भएको उनले बताए।
कार्यक्रममा मधेस र सुदूरपश्चिम क्षेत्रका विभिन्न दलआबद्ध कार्यकर्ताहरुलाई पनि माओवादी प्रवेश गराइएको थियो।
प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











