Kathmandu Press

मेगा बैंककाे कामु सिइओमा रविना देशराज श्रेष्ठ

काठमाडौं, वैशाख २ : मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन्।बुधबार बसेको बैंक सञ्चालक...
मेगा बैंककाे कामु सिइओमा रविना देशराज श्रेष्ठ

काठमाडौं, वैशाख २ : मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन्।

बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले आज (बिहीबार) देखि लागु हुनेगरी उनलाई कामु सिइओमा नियुक्त गरेको हो। उनी ३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित छिन्।

श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत छिन्। उनी प्रबल जनसेवाश्री (चतुर्थ) बाट विभूषित पनि भइसकेकी छन्। श्रेष्ठले एसियास्तरीय ‘२१ सेन्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मानसमेत पाइसकेकी छन्।

चार वर्षअघि मेगा बैंक नेपाल लिमिटेडको नेतृत्व सम्हालेकी अनुपमा खुञ्जेलीको सिइओको कार्यकाल बिहीबार सकिएको थियो। त्यसैको भोलिपल्ट श्रेष्ठलाई कामु सिइओमा नियुक्त गरिएको हो।

प्रकाशित मिति: १६:४२ बजे, शुक्रबार, वैशाख २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्