प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा पोखरेल
बुटवल, वैशाख २ : लुम्बिनी प्रदेश सरकारले प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोखरेललाई नियुक्त गरेको छ। प्रदेश सरकारले प्यूठानको ओखरकोट निवासी पोखरेललाई कार्यकारी...
बुटवल, वैशाख २ : लुम्बिनी प्रदेश सरकारले प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोखरेललाई नियुक्त गरेको छ।
प्रदेश सरकारले प्यूठानको ओखरकोट निवासी पोखरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यस अघि नियुक्त कार्यकारी निर्देशक अनन्तराज घिमिरेले केही दिन अघि राजीनामा दिएपछि उक्त पद रिक्त थियो। पोखरेललाई गत चैत २५ गते नियुक्त गरेको हो।
पोखरेललाई आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ गराए। त्यस अवसरमा मुख्यमन्त्री केसीले सरकारको पहिलो प्राथमिकताको रुपमा रहेको प्रदेशको राजधानी निर्माणको योजनालाई पूर्णता दिन निर्देशन दिए।
शपथग्रहण पछि निर्देशक पोखरेलले लुम्बिनी प्रदेश सरकारले दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताए।
प्रकाशित मिति: १५:५७ बजे, शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












