Kathmandu Press

चिनियाँ राष्ट्रपति फर्कने समय लम्बिँदा आधा दर्जन जहाज एक घन्टा आकाशमै होल्ड

काठमाडौं, असोज २६ : चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण सम्पन्न गरेर स्वदेश फिर्ता भएका छन्। फिर्ता जाने क्रममा राष्ट्रपति सीको तोकिएको समय तालिक....

चिनियाँ राष्ट्रपति फर्कने समय लम्बिँदा आधा दर्जन जहाज एक घन्टा आकाशमै होल्ड

काठमाडौं, असोज २६ : चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण सम्पन्न गरेर स्वदेश फिर्ता भएका छन्। फिर्ता जाने क्रममा राष्ट्रपति सीको तोकिएको समय तालिका लम्बिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तयारीमा रहेका आधा दर्जन जहाज एक घण्टा आकाशमै होल्ड भएका हुन्।
शनिवार विमानस्थल कार्यालयले निकालेको सूचना अनुसार १ः३० मा उडान गर्ने समय तालिका भन्दा एकघन्टा ढिला भएपछि आकाशमा जहाज होल्ड भएका हुन्।

नेपाल वायुसेवा निगमका दुई जहाज, हिमायल एयरलाइन्स, थाइ एयर, मालिन्दो एयरका जहाजले एक घन्टा आकाशमै फन्को मारेका छन्। विमानस्थल

स्रोतका अनुसार १ः३० मा चिनियाँ राष्ट्रपति सी उड्ने तालिकाअनुसार व्यवसायिक उडानका जहाजलाई अन्य गन्तव्यबाट उडान अनुमति दिइएको थियो। तर, समय लम्बिएपछि ति जहाजले अवतरण गर्न नपाएका हुन्।

नेपाल वायुसेवा निगमको दुबईबाट आएका एयरवस ३२० जहाजले आकासमा पाँच फन्को मारेको थियो। त्यस्तैगरी मलेसियाबाट काठमाडौै उडान भरेको मालिन्दो एयरले पनि आकासमा फन्को मारेको थियो।

बैंककबाट काठमाडौ आएको थाइएयरको जहाज पनि अवतरणको लागि आकासमै होल्ड भएको थियो। मलेसियाबाट काठमाडौं आएको निगमकै अर्को जहाज पनि आकाशमै होल्ड गरिएको थियो।

चिनियाँ राष्ट्रपति सी तीनवटा जेट विमान लिएर शनिवार काठमाडौं अवतरण गरेका थिए। जसका लागि विमानस्थलले शनिवार र आइतबार साँढे दुई घन्टा विमानस्थल बन्द समेत गरेको थियो। तर, फर्कने समय लम्बिएपछि जहाजहरु आकाशमा होल्ड हुन पुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबारनै जहाज उडान÷अवतरणको समयमा शनिवार र आइतबार नोटिस टू एयरमेन (नोटाम) जारी गरेको थियो।

प्रकाशित मिति: १४:४५ बजे, आइतबार, असोज २६, २०७६