Kathmandu Press

सुनिता डंगोलको घोषणापत्र : काठमाडौंलाई स्मार्ट सिटी बनाउनेदेखि सामुदायिक आवास कार्यक्रमसम्म

काठमाडौं, वैशाख २ : आसन्न स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सुनिता डंगोलले घोषणापत्र सार्वजनिक गरेकी छन्। शुक्रबार डंगोलले ८ खम्बे विकासको मोडलसहित...
सुनिता डंगोलको घोषणापत्र : काठमाडौंलाई स्मार्ट सिटी बनाउनेदेखि सामुदायिक आवास कार्यक्रमसम्म

काठमाडौं, वैशाख २ : आसन्न स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सुनिता डंगोलले घोषणापत्र सार्वजनिक गरेकी छन्। 

शुक्रबार डंगोलले ८ खम्बे विकासको मोडलसहित ९ पुष्ठ लामो चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन्। उक्त घोषणापत्रमा डंगोलले अल्पकालीनदेखि मध्यकालीन र दीर्घकालीन योजना उल्लेख गरेकी छन्। 

उनको आठ खम्बे विकास मोडलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रुपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, यूवा, खेलकूद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डेभलपमेण्ट रहेका छन्। 

अल्पकालीन योजनाहरुमा काठमाडौं महानगरभित्रका ढल, सडक पेटी, बत्ती लगायतका आधारभूत पुर्वाधारहरुको तत्काल मर्मत सम्भार गर्नेदेखि सार्वजनिक स्थलमा सार्वजनिक शौचालय निर्माण गर्नेसम्मका कुराहरु उल्लेख छन्। 

त्यस्तै मध्यकालीन योजनामा महानगरका वडाबाट प्रदान गर्ने सुविधाहरु डिजिटलाइज गर्नेदेखि इ–गभर्नेन्स तथा सार्वजनिक स्थानको अतिक्रमण हुन नदिने विषय उल्लेख छ। 

दीर्घकालीन योजनामा काठमाडौं महानगरलाई स्मार्टं सिटीको रुपमा विकास गर्ने देखि महानगर क्षेत्रमा सामुदायिक आवास कार्यक्रम सुचारु गर्नेसम्मका योजना रहेका छन्। 

यस्तो छ घोषणापत्र

प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, वैशाख २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्