फोहाेर वर्गीकरण नगरे पाँच सय जरिवाना
काठमाडौं, वैशाख २ : काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहाेर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ।वर्गीकरण नगरिएका फोहाेर फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा...
काठमाडौं, वैशाख २ : काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहाेर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ।
वर्गीकरण नगरिएका फोहाेर फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाहीस्वरुप प्रतिव्यक्ति रु. ५०० जरिवानासमेत गर्ने जनाइएको छ।
कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले सोहीअनुरुप व्यवस्थापन गर्नुपर्ने हुन्छ।
कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ ९थ० अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ।
पछिल्लो समय कामपालगायत काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समयसमयमा अवरोध गर्दा गत फागुन महिनामा १९ र चैत मा १२ दिन उपत्यकाको फोहर सडकमा नै थुप्रिएको थियो।












