Kathmandu Press

सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारीमा डिआइजी खड्का

काठमाडाैं, वैशाख २ : सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) विदुर खड्कालाई दिइएको छ। डिआइजी खड्कालाई शुक्रबार सो जिम्मेवारी प्रदान गरिएको हो। संगठनसँग सम्बन्धित...
सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारीमा डिआइजी खड्का
Hardik ivf

काठमाडाैं, वैशाख २ : सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) विदुर खड्कालाई दिइएको छ। डिआइजी खड्कालाई शुक्रबार सो जिम्मेवारी प्रदान गरिएको हो। 

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्रभित्रका समाचार तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयलगायत विभिन्न सूचना प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ।

प्रवक्ता खड्कालाई मोबाइल नम्बर ९८५१२७२००७ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ।

प्रकाशित मिति: १५:४५ बजे, शुक्रबार, वैशाख २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्