Kathmandu Press

प्रस्तावित २० राजदूतविरुद्ध संसदीय सुनुवाइ विशेष समितिद्वारा उजुरी आह्वान

प्रस्तावित २० राजदूतविरुद्ध संसदीय सुनुवाइ विशेष समितिद्वारा उजुरी आह्वान

काठमाडाैं, वैशाख २ : संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ गर्नुअघि कुनै उजुरी भए १० दिनभित्र समितिमा पठाउन भनिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिनेछ। समितिमा उपस्थित नै भएर पनि उजुरी दिन सकिने व्यवस्था गरिएको सभापति कर्णले बताए।

यसअघि चैत्र २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

नेपालको संविधान अनुसार नियुक्ति अघि राजदूतको संसदीय सुनुवाइ हुने व्यवस्था छ। सुनुवाइ समितिले सिफारिस अनुमोदन गरे नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ।

प्रकाशित मिति: १३:५६ बजे, शुक्रबार, वैशाख २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्