विस्तारित वीर अस्पताल दुवाकोटमा एक्सरे र प्रयोगशाला परीक्षण सेवा सुरू
भक्तपुर, वैशाख २ : भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पतालले आज (शुक्रबार) देखि एक्सरे र ल्याब सेवा दिन थालेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा....
भक्तपुर, वैशाख २ : भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पतालले आज (शुक्रबार) देखि एक्सरे र ल्याब सेवा दिन थालेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले एक्सरे र ल्याब सेवाको उद्घाटन गरे। अरू सेवा बिस्तारै बढाउँदै लाने र हाललाई एक्सरे र ल्याब सेवा सुरू गरिएकाे जनाइएकाे छ।
ती सेवा सुरु भएसँगै त्यहाँका स्थानीयले एक्सरे र ल्याब सेवाका लागि काठमाडौं तथा भक्तपुरका विभिन्न निजी तथा सरकारी अस्पतालमा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।
एक महिनाअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले दुवाकोट पुगेर विस्तारित वीर अस्पतालबाट एक्सरे तथा प्रयोगशाला परीक्षण सेवा दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
साेही प्रतिबद्धताअनुरूप विस्तारित वीर अस्पतालले सेवा दिन थालेकाे जनाइएकाे छ।
सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमा वीर अस्पताललाई विस्तार गरेर उपत्यकाभित्र अर्को हजार शय्याको सुविधासम्पन्न अस्पताल बनाउने घोषणा गरेको थियो।
चाँगुनारायण नगरपालिकाकाे झन्डै तीन वर्षअघि एउटा भवनमा वीर अस्पतालको बोर्ड झुन्ड्याएर ओपिडी सेवा दिने काम सुरु भएको थियाे।












