सुनको मूल्य प्रतितोला १ लाख २ हजार

काठमाडाैं, वैशाख २ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. १ लाख २ हजार तोकिएको छ।
पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु. १ लाख १ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. १ लाख १ हजार ५ सय तोकिएको छ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. १ लाख १ हजार थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले बढेर रु. १ हजार ४ सय १५ कायम रहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९ सय ७३ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:१८ बजे, शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











