Kathmandu Press

मुख्यमन्त्री राईद्वारा सिरुवा पर्वको शुभकामना

मुख्यमन्त्री राईद्वारा सिरुवा पर्वको शुभकामना

विराटनगर, वैशाख २ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईमा बसोबास गर्ने आदिवासी समुदायले मनाउने महान् चाड सिरुवा पर्वको उपलक्ष्यमा सुख, शान्ति ,दीर्घायु एवं प्रगतिको कामना व्यक्त गरेका छन्। 

मुख्यमन्त्री राईले आज एक शुभकामना सन्देश जारी गर्दै यस सुखद् अवसरमा देश, विदेशमा बस्ने दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन्। सन्देशमा उनले नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको उल्लेख गरेका छन्। 

‘मुख्यमन्त्री राईले यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ, त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं संवर्द्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो,’ सन्देशमा भनिएको छ। 

प्रकाशित मिति: ११:२० बजे, शुक्रबार, वैशाख २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्