निर्वाचनबारे छलफल गर्न प्रचण्डनिवासमा माओवादी केन्द्रको बैठक
काठमाडौं, वैशाख २ : नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति सदस्यहरुको बैठक जारी छ। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बिहान १० बजेपछि बैठक...
काठमाडौं, वैशाख २ : नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति सदस्यहरुको बैठक जारी छ। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बिहान १० बजेपछि बैठक सुरु भएको हो।
बैठकमा स्थानीय तहको निर्वाचनको तयारी र गठबन्धनबीच तालमेलबारे छलफल हुने बताइएको छ।
सत्तागठबन्धन बीच निर्वाचनमा तालमेल गरेर जाने सहमति जुटिसकेको भएपनि भागबन्डा अझै मिलिसकेको छैन। यसबारे पार्टीको धारणा बनाउनका लागि पूर्वस्थायी समितिका सदस्यहरु छलफलमा जुटेका हुन्।
प्रकाशित मिति: १०:२६ बजे, शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











