Kathmandu Press

सीवाइसी नेपाल लघुवित्तको आइपीओ बिक्री खुला 

काठमाडौं, वैशाख २ : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।लघुवित्तले ३ करोड ९५ लाख...
सीवाइसी नेपाल लघुवित्तको आइपीओ बिक्री खुला 

काठमाडौं, वैशाख २ : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्न लागेको हो। लघुवित्तले निष्कासन गर्न लागेको कुल सेयरमध्ये ६ हजार ८२ कित्ता कर्मचारीका लागि र १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। 

बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आइपीओमा ६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । 

लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।  हाल ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ  रहेको लघुवित्तको चुक्ता पूँजी आईपीओ बाँडफाँटपश्चात १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति: ०७:३१ बजे, शुक्रबार, वैशाख २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्