Kathmandu Press

पशुपतिनाथमा तीन लाख दर्शनार्थी, २८० भक्तजनले गरे विशेष पूजा

काठमाडाैं, बैशाख १ : नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ।पशुपतिनाथ मन्दिरमा...
पशुपतिनाथमा तीन लाख दर्शनार्थी, २८० भक्तजनले गरे विशेष पूजा

काठमाडाैं, बैशाख १ : नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ।

पशुपतिनाथ मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको थियो। पशुपतिनाथमा तीजको जत्तिकै दर्शनार्थी आएकाले तीन लाखभन्दा बढीले मूल मन्दिर प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।

Hardik ivf

नयाँ वर्षका लागि कोषले पश्चिम मूल ढोकामा यस वर्षदेखि सजावटसहित नववर्षको शुभकामना ब्यानर टाँगेको थियो। बिहानैदेखि पशुपति क्षेत्रमा राष्ट्रदेवको दर्शन गरेर नयाँ वर्ष मनाउन चाहने भक्तजनको भीड लागेको थियो। बेलुकी ५ बजेसम्म करिब तीन लाख भक्तजनले पशुपतिमा आई दर्शन गरेको उनले सुनाए।

आज बेलुकीसम्म दर्शन गर्न चाहने भक्तजनका लागि व्यवस्था गरिएको कोषले जनाएको छ। अहिले पनि पशुपतिनाथमा भइरहेको आरतीलगायत धार्मिक गतिविधिमा हजारौँ दर्शनार्थी लाम लागेका छन्। दर्शनार्थी व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, पहरा गणका प्रहरी पनि खटिएका थिए।

पशुपतिनाथमा आज नयाँ वर्षका अवसरमा २८० जनाले रसिद काटेर विशेष पूजा गरेका छन्। पशुपतिनाथमा २२० र वासुकीनाथमा ६० जना भक्तजनले रसिद काटेर विशेष पूजा गरेकाे कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।

काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा पनि यस वर्ष मानिसको भीड लागेको छ।

प्रकाशित मिति: २०:४७ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्