Kathmandu Press

राष्ट्र विकासका लागि साझा सङ्कल्प लिनुपर्छ : प्रदेश प्रमुख शर्मा

बागमती, बैशाख १ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले राष्ट्र विकासका लागि सबैले साझा सङ्कल्प लिनुपर्ने बताएका छन्।उनले नयाँ वर्षले राष्ट्र निर्माणको...
राष्ट्र विकासका लागि साझा सङ्कल्प लिनुपर्छ : प्रदेश प्रमुख शर्मा

बागमती, बैशाख १ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले राष्ट्र विकासका लागि सबैले साझा सङ्कल्प लिनुपर्ने बताएका छन्।

उनले नयाँ वर्षले राष्ट्र निर्माणको गतिलाई थप उचाइमा पुर्‍याउन, जनअपेक्षाअनुसार कार्यसम्पादन हुन र एउटा सम्पन्न राष्ट्र निर्माणको आधार तयार गर्ने प्रेरणा प्राप्त होस् भन्ने अपेक्षासमेत राखेका छन्।

नयाँवर्ष २०७९ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले प्राकृतिक स्रोत र साधनले भरिपूर्ण हाम्रो देशको साधनको समुचित उपयोग गरी समुन्नत राष्ट्र निर्माण गर्न र उपयुक्त स्थानमा ठूलाठूला उद्योग, आयोजना सञ्चालनमा ल्याइनुपर्ने जोड दिएका छन। प्रमुख शर्माले देशलाई आर्थिक, सामाजिक एवं राजनीतिकरुपमा प्रगतिको गोरेटोतर्फ लम्काउनका लागि सबैले अह्म भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन।

प्रकाशित मिति: २०:०४ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्