Kathmandu Press

गण्डकी प्रदेशका सभामुख अधिकारीलाई सोध्यो आयोगले स्पष्टीकरण

गण्डकी प्रदेशका सभामुख अधिकारीलाई सोध्यो आयोगले स्पष्टीकरण

काठमाडौं, वैशाख १ : निर्वाचन आयोगले गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।

आयोगको बिहीबारको बैठकले अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेको बारे प्रष्टिकरण सोधेको हो ।

अधिकारीलाई आयोगले तोकेको भन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको लत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिएको हो वा होइन भनि प्रश्न गरेको छ ।

यसअघि आजै आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको थियो । 

प्रकाशित मिति: १९:३९ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्