Kathmandu Press

निर्वाचन आयोगले सोध्यो कुलमानसँग स्पष्टीकरण

काठमाडौं, वैशाख १ : निर्वाचन आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।घिसिङलाई निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै...
निर्वाचन आयोगले सोध्यो कुलमानसँग स्पष्टीकरण

काठमाडौं, वैशाख १ : निर्वाचन आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।

घिसिङलाई निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो ।

फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो कि होइन भनेर स्पष्टीकरण मागिएको आयोगले जनाएको छ । 
 

प्रकाशित मिति: १९:०३ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्