Kathmandu Press

राष्ट्रपति सीसँग नेकपा नेताहरूको सामुहिक भेटवार्ता

काठमाडौं, असोज २६ : नेपालको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नेकपा नेताहरूले सामुहिक भेटवार्ता गरेका छन्।

नेकपा अध्यक्ष पुष्पकम....

राष्ट्रपति सीसँग नेकपा नेताहरूको सामुहिक भेटवार्ता
रासस

काठमाडौं, असोज २६ : नेपालको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नेकपा नेताहरूले सामुहिक भेटवार्ता गरेका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा नेताहरुले भेटवार्ता गरेका हुन। होटल सोल्टीमा आयोजित भेघवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको जनाएको छ।

राष्ट्रपति सीसँगको शिष्टाचार भेटमा नेकपाका वरिष्ठ नेताहरु एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्यहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए।

राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत भएकाले दुई पार्टीबीच उच्चस्तरमा छलफल भएको थियो।

राष्ट्रपति सीका साथ चिनियाँ विदेशमन्त्री वाङ यी, चीन सरकारका अन्य वरिष्ठ नेता तथा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सहभागी थिए।
 

प्रकाशित मिति: ११:१० बजे, आइतबार, असोज २६, २०७६