बेरोजगार उत्पादन गर्ने कारखाना ठूला दल : अध्यक्ष लिङ्देन
काठमाडाैं, बैशाख १ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलहरूकाे कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताएका छन्।काठमाडौंमा बिहीबार आयोजित...
काठमाडाैं, बैशाख १ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलहरूकाे कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताएका छन्।
काठमाडौंमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले बिभिन्न राजनीतिक परितर्वन भए पनि ठूला दलहरुका कारण मुलुक असफलतर्फ जाने खतरा रहेको र मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताएका हुन्।
उनले देश असफल भए नेताहरुको केही नबिग्रने तर युवाहरुको भविष्य बिग्रने उल्लेख गरे। उनले देश सबैभन्दा माथि रहेकाे उल्लेख गर्दै राप्रपाले देश र जनतामाथि धोका नगर्ने प्रतिवद्धता जनाए। राप्रपाले अहिले चलाएको अभियान र आन्दोलन देशलाई माया गर्ने सवै जनताले चलाएको अभियान भएको उनले जिकिर गरे। कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए।
प्रकाशित मिति: १८:१७ बजे, बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











