Kathmandu Press

मध्य मर्स्याङ्दीमा बिजुली उत्पादनमा वृद्धि

लमजुङ, वैशाख १ : लमजुङको बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत आयोजना केन्द्रको बिजुली उत्पादनमा वृद्धि हुन थालेको छ। केहीदिन यता बेलाबेलामा...
मध्य मर्स्याङ्दीमा बिजुली उत्पादनमा वृद्धि
Hardik ivf

लमजुङ, वैशाख १ : लमजुङको बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत आयोजना केन्द्रको बिजुली उत्पादनमा वृद्धि हुन थालेको छ। 

केहीदिन यता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मस्र्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए।  पुस लागेसँगै २६÷२७ मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएकामा यतिबेला  ५८ देखि ६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको उनले जानकारी दिए। विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको थियो । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ। 

हिउँदको समयमा कुनै बेला २५ मेगावाट मात्रै बिजुली उत्पादन हुने गरेको यस आयोजनामा यसरी नै वृद्धि हुँदै गएमा वैशाख महिनाभित्रै पूरै क्षमतामा बिजुली उत्पादन हुने देखिएको केन्द्रले जनाएको छ । सन् २००० मा निर्माण सुरु भई उक्त आयोजना सन् २००८ मा सम्पन्न भएको हो। कुल रु २७ अर्ब २० करोडको लागतमा आयोजना निर्माण भएको हो।    

प्रकाशित मिति: १७:४१ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्