Kathmandu Press

दशैंको अवसरमा कांग्रेसको चियापन समारोह मध्याह्न

काठमाडौं, असोज २६ : दशैं, तिहार तथा छठलगायतका चाडपर्वको अवसरमा आज मध्याह्न कांग्रेसले चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको छ।<....

दशैंको अवसरमा कांग्रेसको चियापन समारोह मध्याह्न
फाइल फोटो

काठमाडौं, असोज २६ : दशैं, तिहार तथा छठलगायतका चाडपर्वको अवसरमा आज मध्याह्न कांग्रेसले चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको छ।

२०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ।

यस वर्ष पनि निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा  आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

उनको अनुसार, आज मध्याह्न १ बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुनेछ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मीलगायतका विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहनेछ।

प्रकाशित मिति: ११:०३ बजे, आइतबार, असोज २६, २०७६