देशभर थप चारजनामा कोरोना संक्रमण
काठमाडाैं, वैशाख १ : नेपालमा बिहीबार चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार २ सय ६२ पिसिआर परिक्षणका क्रममा ३ जना...
काठमाडाैं, वैशाख १ : नेपालमा बिहीबार चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको २ हजार २ सय ६२ पिसिआर परिक्षणका क्रममा ३ जना र १ हजार ८० एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ४४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २ सय ४ जना कोरोनामुक्त भएका छन्।
हाल नेपालमा ४ सय ७९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












